ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अमेरिकी सिनेटले पारित गर्‍यो कोरोना भाइरस राहत योजना

२०७७ फागुन, २३  
अन्तरराष्ट्रिय
Image Not Found

फागुन २३, वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकाको माथिल्लो सदन सिनेटले १९ खर्ब डलर बराबरको कोरोना भाइरस राहत प्याकेज पारित गरेको छ । 

शनिवार सिनेटबाट सो राहत प्याकेजलाई अनुमोदन गरिएको हो । सिनेटमा सबै रिपब्लिकन सिनेटरले प्याकेजको विरुद्धमा मतदान दिएका थिए । राहत प्याकेजलाई आगामी मंगलवार हाउस अफ रिप्रिजेन्टेटिभ्सले पारित गर्ने अपेक्षा गरिएको छ । 

कोरोना भाइरसको महामारीका कारण अमेरिकामा ५ लाख २३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या पनि २ करोड ९० लाघ नाघेको छ । 

अहिले बेरोजगारी दर पनि ६ दशमलव २ प्रतिशत रहेको छ । सिनेटको मतलाई राष्ट्रपति जो बाइडेनले आम मानिसलाई मद्दत दिनेतर्फ एक थप ठूलो कदमको संज्ञा दिएका छन् । 

यो महामारी शुरु भएयताको तेस्रो राहत प्याकेज हो । यसमा अधिकांश अमेरिकीलाई १ हजार ४०० डलरको एकमुष्ठ भुक्तानीलगायत विभिन्न व्यवस्था छ । यसमा ३ खर्ब ५० अर्ब डलर राज्य र स्थानीय सरकारका लागि छुट्टयाइएको छ । १ खर्ब ३० अर्ब डलर विद्यालयहरुलाई दिइनेछ । 

कोभिड–१९ को परीक्षणको लागि ४९ अर्ब डलर दिने अनि खोप वितरणका लागि १४ अर्ब डलर उपलब्ध गराइनेछ । बेरोजगारी भत्ता सेप्टेम्बरसम्म लम्ब्याइनेछ । यसमा साना व्यवसायहरुका लागि अनुदान पनि रहेको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्