ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मोदी जलविद्युत् केन्द्रको सहयोगमा डिमुवामा खानेपानी आयोजना शुरु

२०७७ फागुन, २४  
गण्डकी प्रदेश
Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

फागुन २४, पर्वत । मोदी जलविद्युत् आयोजना प्रभावित क्षेत्रमा खानेपानीको समस्या समाधान हुने भएको छ ।

पर्वतको मोदी गाउँपालिका ६ डिमुवावासी र मोदीखोला जलविद्युत् केन्द्रमा रहेको आवास क्षेत्रमा खानेपानीको समस्या छ । उक्त समस्या समाधान गर्न मोदी जलविद्युत् केन्द्रले ३६ लाख रुपैयाँको अनुमानित लागतमा खानेपानी आयोजनाको काम शुरु गरेको छ । 

करीब १ हजार ३०० घरधुरीमा एक घर एक धारा पुर्‍याउने जलविद्युत् केन्द्रको तयारी छ । स्थानीय बासिन्दाले एक वर्षदेखि जलविद्युत् आयोजनालाई पानीको समस्या समाधान गरिदिन अनुरोध गर्दै आएका थिए ।

डिमुवा खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्रजंग लामिछानेले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको माग सम्बोधन भएको बताए । उनले खानेपानीको अभावले गाउँपालिकाको केन्द्र रहेको डिमुवाबजार समस्यामा थियो । 

पानीको मुहानमा रहेका जग्गादाताले दुई आना जग्गा दिएपछि मुहानको पानी ल्याउन थप सहज भएको हो । डिमुवा खानेपानी तथा सरसफाइ आयोजना समिती र नेपाल विद्युत् प्राधिकरण मोदिखोला जलविद्युत् केन्द्र बीचको सहमतिमा जग्गा दाता महेश्वर पौडेलका छोरा शिव पौडेलले दुई आना जग्गा निःशुल्क नाम सारी गरिदिएका छन् । 

जग्गाको लालपुर्जा निकालेर उपभोक्ता समितिलाई जग्गाधनी पौडेल परिवारले हस्तान्तरण गरेका छन् । मोदि जलविद्युत् केन्द्रका कार्यालय प्रमुख आवास ओझालाई पौडेल परिवारले लालपूर्जा हस्तान्तरण गरेका हुन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्