ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चौथो दिनसम्म ज्योति लाईफ इन्स्योरेन्सको आईपीओमा मागभन्दा ५ गुणा बढी आवेदन 

२०७७ फागुन, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन २४, काठमाडौं । गत फागुन २१ गते शुक्रवारदेखि विक्री खुला भएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा सोमवारसम्म १३ लाख ७६ हजार ७६१ जनाको आवेदन परेको छ ।

 सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार सोमवार साँझ ५ बजेसम्म ती आवेदकहरुबाट २ करोड ९८ लाख ७७ हजार ५४० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा ५ गुणा बढी हुन आउँछ । 

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्ये ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्ये ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषको लागि सुरक्षित राखेको छ । 

मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि फागुन २६ गतेभित्रै बन्द हुनेछ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

विक्री प्रबन्धकसँगै आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको यस आईपीओलाई केयर रेटिङले वित्तीय दायित्व समयमै पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित अवस्थाको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ प्रदान गरेको छ ।

जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी रू. २ अर्ब कायम गर्न कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेको हो । हाल ७० प्रतिशत संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. १ अर्ब ५४ करोड रहेको कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी रू. २ अर्ब २० करोड पुग्नेछ ।

कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष ०७६/ ७७ सम्म प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव ९४ र प्रतिशेयर आम्दानी रू. १२ दशमलव ६५ रहेको छ । यस अवधिसम्म कम्पनीको खुद नाफा रू. २८ करोड ६४ लाख १ हजार छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्