ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सबैको लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (मंगलवार, २५ फागुन २०७७)

२०७७ फागुन, २५  
लगानी कम्पनी विश्लेषण
Image Not Found

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा रु. १० ले घटेको छ । आइतबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. १ हजार ३९३ पुगेको हो । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी चैत १४ गते साधारणसभा बोलाएको हो । फागुन २७ गतेसम्म शेयर कायम गर्ने शेयरधनीले उक्त लाभांश पाउनेछन् । हाल कम्पनीको चुक्ता पुँजी रु. १८ करोड ६४ लाख ५० हजार रहेको छ ।

१० दशमलव ५० प्रतिशत बोनस शेयर वितरणपछि पुँजी रु. २० करोड ६० लाख २७ हजार पुग्नेछ ।

निष्कर्ष
कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य हालकै प्रवृत्तिमा निरन्तर रहन सक्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५२ दशमलव ७१ बिन्दुमा छ ।

यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १८ दशमलव ८० बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम प्राप्त हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा जोडिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ ।

आइतबारको शेयर मूल्य रु. १ हजार ३९३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार ३४५ मा टेवा पाउने र महँगिए १ हजार ४२७ मा प्रतिरोध पाउने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्