ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

चन्द्रागिरी हिल्स र नेपाल हाइड्रोको शेयरमूल्य ९ % भन्दा बढीले वृद्धि 

२०७७ फागुन, २५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन २५, काठमाडौं । निरन्तर उच्च दरमा बढ्दै आएको चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य मंगलवार ९ दशमलव ९२ प्रतिशत बढेको छ । 

यो समाचार तयार पार्दाको समय ११ : २० बजेसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६६ ले बढेर रू. ७३१ पुगेको हो ।

त्यस्तै आइतवार १५ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको नेपाल हाइड्रो डेभलोपर लिमिटेडको शेयरमूल्य मंगलवार पनि ९ दशमलव ८८ प्रतिशत बढेको छ । उक्त कम्पनीको प्रतिशेयर रू. ३२ ले शेयरमूल्य बढेर रू. ३५६ पुगेको हो । यसदिन दुबै कम्पनीको शेयर खरीद चाप उच्च रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्