ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

८३ प्रतिशत नागरिक इन्टरनेटको पहुँचमा

२०७७ फागुन, २७  
विविध
NA

काठमाडौं । मुलुकको करीब ८३ प्रतिशत नागरिकमा इन्टरनेट सेवाको पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महीनाको तथ्यांक अनुसार २ करोड ४७ लाख ३५ हजार नागरिकको पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको छ, जुन कुल जनसंख्यामध्ये ८२ दशमलव ७९ प्रतिशत हो । प्राधिकरणका अनुसार मङ्सिरको तुलनामा पुस महीनामा ३ लाख ८८ हजार प्रयोगकर्ता बढेका छन् । मङ्सिरमा कुल २ करोड ४३ लाख ४७ हजार १५७ जनाको पहुँचमा इन्टरनेट सेवा थियो । प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कुल जनसंख्या २ करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ ।

प्राधिकरणको तथ्यांक अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको छ । गत पुससम्म मोबाइल इन्टरनेटको हिस्सा ६० दशमलव ३४ प्रतिशत छ । १ करोड १२ लाखभन्दा बढीको  पहुँचमा थ्रीजी इन्टरनेट पुगेको र यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ८६ लाख ३४ हजार र एनसेलको २५ लाख ६६ हजार रहेको बताइएको छ । प्राधिकरणका अनुसार फोरजीको प्रयोगकर्तामध्ये सबैभन्दा धेरै एनसेलका छन् । गत पुस मसान्तसम्म एनसेलका फोरजी प्रयोगकर्ता ४० लाख ८६ हजार १३९ रहेका छन् । नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता २३ लाख ८३ हजार २५६ र स्मार्ट टेलिकमका २ लाख १९ हजार छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्