ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

‘बजारलाई व्यवस्थित बनाउने प्रयास’

२०७७ चैत, १  
विविध
NA

काठमाडौं । उपभोक्ता अधिकार संरक्षण गर्ने जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यावसायिक क्रियाकलापलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउन सदैव क्रियाशील रहेको बताएको छ । शुक्रवार यहाँ आयोजित कार्यक्रममा विभागका महानिर्देशक प्रकाश पौडेलले दैनिक बजार अनुगमनलाई निरन्तरता दिइएको बताए ।

‘दिनमा तीन/चार टोलीलाई बजार अनुगमनमा खटाएका छौं । विभागको क्षमताअनुसार हामीले बजारलाई व्यवस्थित बनाउने प्रयास गरिरहेका छौं,’ विभागका पर्याप्त जनशक्ति नहुँदा अनुगमनलाई व्यापक बनाउन नसकिएको उनको गुनासो थियो ।

सुशासन र बजार अनुगमनलाई प्रभावकारी बनाउन अधिकारकर्मी, सचेत उपभोक्ता र सम्बन्धित निकायबीच सहकार्यको आवश्यकता रहेको उनको भनाइ थियो । अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले वाणिज्य विभाग र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर कानूनविपरीत कालोबजारी गर्ने निकायलाई कानूनको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

पत्रकार सागर पण्डितले चाडवाडका बेलामात्र बजार अनुगमन गर्ने प्रवृत्ति अन्य गर्नुपर्नेमा जोड दिँदै दशैंतिहारमा मात्र प्रशस्त अनुगमन हुने, तर अरू बेला किन नहुने भनी प्रश्न उठाए । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले उपभोक्ता ऐन, २०७५ ले उपभोक्ता अधिकारकर्मीलाई नचिनेको गुनासो गरे । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्