ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

खोप किन्न साढे ८ अर्बभन्दा सहयोग प्राप्त हुँदै

२०७७ चैत, ८  
विविध
NA

काठमाडौं । ७० प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन अन्तरराष्ट्रिय विकास संघमार्फत विश्व बैंकले रू. ८ अर्ब ६२ करोड ५० लाख प्रदान गर्ने भएको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको बैंकको प्रधान कार्यालय वासिङ्टनबाट शुक्रवार जारी विज्ञप्तिमा उल्लेख छ । खोप खरिद, वितरण, परीक्षण, प्रयोगशालासम्बन्धी कामका साथै नेपालको अर्थतन्त्र र नेपालीको स्वास्थ्यको रक्षाका निम्ति सहयोग रकम प्रदान गर्ने निर्णय भएको बताइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्