ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मनपर्ने गायकले बिहे गर्दा कर्मचारीलाई शोक बिदा दिँदै जापानी कम्पनी 

२०७७ चैत, ९  
र यो पनि
Chelsea International Image Not Found

चैत ९, टोकियो (जापान) । कम्पनीले कर्मचारी बिरामी पर्दा वा अपर्झट केही काम पर्दा बिदा दिने गरेको छ । 

केही कम्पनीले काम र निजी जीवनबीच सन्तुलन बनाइराख्न मद्दत मिलोस् भनेर वर्षभरमा निश्चित समय लिनै पर्ने बिदा पनि राखेका हुन्छन् । मानसिक तनावमा भएको बेलामा कर्मचारीहरुलाई बिदा दिने कम्पनीहरुको संख्या निकै कम छन् । 

तर जापान जस्तो कामलाई नै सर्वोपरि ठान्ने अनि अत्यधिक ओभर टाइम गर्ने संस्कृति भएको देशमा एक कम्पनीले भने आफूलाई मन पर्ने गायकले बिहे गर्‍यो भने कर्मचारीहरुलाई शोक बिदा दिने नीति ल्याएको छ ।

हिरोरो नामक म्युजिक भिडियो र टीभी एड बनाउने टोकियोस्थित एक कम्पनीले कर्मचारीको मानसिक र भावनात्मक अवस्थालाई पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण ठानेर सो बिदा दिन थालेको हो । 

पछिल्लो नीति अनुसार कुनै कर्मचारीको मन पर्ने ओशीले बिहे गर्दा १० दिनसम्मको शोक बिदा दिइनेछ । यो बिदा एकै पटक नभएर पटक पटक गरेर लिन सकिनेछ । कुनै गायक (ओशी)ले आफू कसैसँग इंगेज्ड भएको घोषणा गरेको बेलामा केही दिन अनि बाँकी दिन चाँहि बिहे हुने बेलामा लिन पनि पाइन्छ । यति मात्रै होइन कुनै शो विजनेशबाट मनपर्ने गायकले बिदा लियो भने पनि शोक मनाउन कर्मचारीले १० दिनको बिदा पाउनेछन् । 

यस नयाँ नीतिलाई ओशी बिदा प्रणाली नाम दिइएको छ । ओशी भनेको कुनै फ्यानलाई मनपर्ने गायक हो । मन पर्ने मात्रै होइन पहिलो नम्बरमा रहेका ओशीले सेवा निवृत्ती लिए भने पनि कर्मचारीले १० दिनसम्मको शोक बिदा लिन सक्नेछन् । दोस्रो वा अन्य स्थानमा रहेको ओशीको लागि भने तीन दिनसम्म बिदा लिन पाइनेछ । 

कर्मचारीको मन पर्ने ओशीले सेवा निवृत्ति वा मगनी गरेको घोषणा गर्दा काममा उनीहरुको मन नलागेको दृष्टान्त हेरेपछि कम्पनीका संस्थापक तथा अध्यक्ष शिजेन सुरुमीको भनाइ छ । ओशी बिदा प्रणालीमा कुनै कर्मचारीलाई मन पर्ने ओशीको कन्सर्ट वा मिट–एन्ड–ग्रिट कार्यक्रममा सहभागी हुन पनि सहजै बिदा लिन पाइने व्यवस्था गरिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्