ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मनोनामी भाडा बढाउँदै वीरेन्द्रनगरका घरधनी

बहाल कर पनि तिर्दैनन् 

२०७७ चैत, ११  
कर्णाली प्रदेश
Image Not Found
author avatar आकाश तारा बयक

चैत ११, सुर्खेत । वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका घरको सटर तथा कोठा भाडा मनपरी तोकिने गरिएको छ । भाडादरको निर्धारण र नियमन गर्ने निकायको निगरानी नहुँदा घरधनीले मनोमानी रुपमा सटर तथा कोठाको भाडा तोक्ने गरेका छन् । 

निगरानी गर्ने निकाय सिथिल हुँदा घरेबेटीले मनोमानी भाडा तोकिदिएपछि भाडामा बस्नेहरु मर्कामा परेका छन् । वीरेन्द्रनगरको व्यापारीक क्षेत्र मानिएको बुद्धपथ, नयाँ सडक, हटियालाइन गणेश चौक, जुम्ला रोड, लल्लो बजार लगायतका स्थानमा रहेका व्यवसायिक प्रयोजनका सटरका लागि निम्नतम ६ हजारदेखि ३५ हजारसम्म भाडा तोक्ने गरिएको छ । व्यवसायीसँग चर्को भाडा असुल्ने घरधनीले नगरपालिकालाई तिर्नु पर्ने बहाल कर समेत छल्ने गरेको भेटिएको छ । 

नगरपालिकाले सम्झौता पत्रमा उल्लेख गरे अनुरुप बाहाल कर लिने गरेकोले घर मालिकले कर छल्न सम्झौता पत्रमा भाडाको रकम पूरै नखुलाउने गरेको बुझिएको छ । नगर क्षेत्रमा व्यापारीक प्रयोजनका घर भाडामा दिएका धेरैजसो घरमालिकले त अहिलेसम्म कर तिर्न नै नआएको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकामा कर बुझाउन आउने पनि धेरै रकम खुलाए धेरै कर तिर्नु पर्ने भएकोले सम्झौता पत्रमा आफूले लिने भाडाको न्यूनतम रकम उल्लेखगरी आउने गरेको पाईएको छ । 

मासिक तथा वार्षिकरुपमा बजारमा महंगी बढेको भन्दै बिना सुविधा एकोहोरो रुपमा घरधनीले भाडा दर बढाइरहेकोले आफूहरु समस्यामा परेको व्यवसायीहरुले गुनासो गरेका छन् । नगरपालिकाले वार्षिक कर दायरा केही फराकिलो बनाएपनि नगरपालिकालाई तिर्नुपर्ने १० प्रतिशत बहाल कर छली गर्नेलाई निगरानीमा राख्न सकेको छैन । 

वीनपाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले वीनपा क्षेत्रमा घरभाडा निर्धारण गर्नका छिट्टै सबै वडाहरुमा लागू छफलफ गरी कडाईले घरबहाल कर लागू गरिने बताए । उनले घरभाडा लगाउने मूल्य एउटा र कर तिर्ने अर्कै फरक देखाउनेलाई कानूनी दायराभित्र ल्याउन नपाले विशेष योजनासहित अघि बढ्न लागेको जानकारी दिए । हाल केही संस्था र सरकारी कार्यालयहरुले मात्रै नगरपालिकालाई नियमित बहाल कर बुझाउँदै आएको पाईएको छ । 

नगर क्षेत्रमा कसले, कसलाई कतिमा घरभाडा दिएको छ भन्ने थाहा नहुने भएकोले यसलाई बहाल कर छली रोक्न समस्या भईरहेको छ । ‘आन्तरिक राजस्व विभाग र नगरपालिका दुवैतिरबाट कर उठाउने भएकोले अझै समस्या थपिएको छ,’ वीनपाका एक कर्मचारीले भने, ‘आन्तरिक राजस्व विभागमा त कर छलेका छन् । दुवै तिरबाट कर उठाउने भएकोले अझै समस्या भयो ।’  नगर भित्रका घर तथा व्यवसायमाथि करको लागि कडाई गरेपछि नगरपालिकाको काम, कर्तव्यमा प्रश्न गर्ने गरेको र नगरपालिकाले नगरवासीलाई सेवा सुविधा प्रदान गर्न नसकेकाले पनि कर असुली प्रभावकारी नभएको घरमालिकहरु बताउँछन् । 

नगरपालिकाको कमजोरी र घरधनीको मनोमानीले गर्दा उच्च शिक्षाका लागि वर्षेनी शहर आउने ठूलो संख्याका विद्यार्थी जमातलाई प्रत्यक्ष प्रभावित पार्ने गरेको छ । नगरमा एउटा कोठाको २ हजारदेखि पाँच हजारसम्म भाडा तोकिएको छ । घरबेटीको हेपाहा प्रवृति र भाडामा बस्नेले भाडा तिरेको भन्दै घरप्रति गैरजिम्मेवार बनिदिनाले भाडामा बस्ने र घरबेटीको प्रायः झगडा भइरहने घटनाहरु समेत बेलाबेलामा आउने गरेका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्