ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडद्वारा १५ .७८ % लाभांश घोषणा

२०७७ चैत, १२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत १२, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ दशमलव ७८ प्रतिशत लाभांश  दिने घोषणा गरेको छ ।

कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले  १२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ३ दशमलव ७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको  हो ।

प्रस्तावित बोनस शेयर तथा नगद लाभांश बीमा समितिबाट स्वीकृत भई तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँ रहेको छ। बोनस शेयर पश्चात कम्पनीको  चुक्तापूँजी १ अर्ब १२ करोड रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement