ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ट्राफिक जामको संकट

२०७७ चैत, १३  
पाठक विचार
NA

काठमाठौं उपत्यकामा ट्राफिक जाम निकै बढेको छ । कोरानाका कारण निजी सवारी प्रयोग गर्ने बढेकाले जाम झनै बढेको हो । जामका कारण वार्षिक रूपमा खर्बौं रुपैयाँ नोक्सानी हुने गरेको तथ्य एक अध्ययनले सार्वजनिक गरेको छ । जामले उपत्यकालाई प्रदूषित बनाउन थप मद्दत गरेको छ । मुख्य कुरा समयमा भनेको ठाउँमा पुग्न नसक्दा मानिसहरूले भोग्नुपरेको हैरानी र मानसिक तनावको हिसाबकिताब निकाल्नै गाह्रो छ । यस्तोमा यहाँको जामलाई कम गर्न सडक चौडा बनाइयो तर त्यसले झनै जाम बढाएको छ । अब अन्डरपास र फ्लाइ ओभर बनाउने सरकारी योजना छ । के फ्लाइ ओभर बनाउँदैमा उपत्यकाको जाम कम गर्न सकिएला त ?

समाजमा निजी सवारीसाधनलाई आर्थिक हैसियतसँग जोडेर हेर्ने गरेको पाइन्छ । आर्थिक हैसियत अलिकति बढ्नेबित्तिकै निजी सवारी चाहिन्छ भन्ने हाम्रो मानसिकता छ । सार्वजनिक यातायात व्यवस्थित नहुँदा जसरी पनि निजी सवारी किन्नैपर्ने बाध्यतामा मानिसहरू छन् । सार्वजनिक यातायात व्यवस्थित हुन्थ्यो भने निजी सवारीसाधनमा आकर्षण हुने नै थिएन । निजी सवारी चढ्न महँगो छ । निजी सवारीको सञ्चालन खर्च धेरै हुन्छ । कर, मर्मत खर्च धेरै हुन्छ । घाम, पानी, धूवाँ तथा धूलो सबैको कष्ट मोटरसाइलका चालकले नै बेहोरिरहेको अवस्था छ । साथै दुर्घटनाको दर पनि मोटरसाइकलमै उच्च छ । तर पनि चारपांग्रे सवारी किन्न नसक्नेहरूका लागि यही सवारी प्रिय छ । उपत्यकामा लाखौं दुईपांग्रे सवारीसाधन अहिले टाउको दुखाइको विषय बन्न थालेको छ किनभने यी जहाँ पनि पार्क गर्छन्, ट्राफिल नियम नमान्ने पनि यिनीहरूकै संख्या बढी छ ।

राज्यले सार्वजनिक यातायातमा लगानी गर्न सकेको छैन । शहरको संरचना सार्वजनिक यातायातमैत्री छैन । यात्रु चढाउने र ओराल्ने स्थान निश्चित छैनन् । सार्वजनिक यातायातका लागि समयतालिका सही पालना हुने हो भने निजी सवारीसाधनको संख्या घट्न सक्छ । मानिसहरूले आप्mनो कमाइको ठूलो अंश सवारीसाधन किन्न खर्च गर्नुपर्दा अन्य क्षेत्रको खर्च कटौती गर्नु परिरहेको छ ।

ट्राफिक जाम बढेमा हामी सडक चौडा पार्ने अभियानमा लाग्छौं । चौडा सडकले ट्राफिक जाम १÷२ वर्ष थेग्ने हो । वर्षेनि सवारीको संख्या बढ्दै छ । यसरी ट्राफिक जामको अन्त्य हुँदैन ।

सडक पूर्वाधार बनाउन हामीले धेरै लगानी गरिरहेका छौं । तर, त्यो रकम सार्वजनिक यातायातमा गरिएको भए हाम्रो समस्याको सामधान भइसक्थ्यो । फ्लाइओभर, अन्डरपास बनाउने तथा सडक लेन थप्ने कामले मात्र जाम कम गर्न सकिँदैन । सार्वजनिक यातायात आरामदायी र भरपर्दो भएको निजी सवारी प्रयोगकर्ता स्वतः निरुसाहित हुन्छन् । धेरैजसो विकसित देशमा निजी सवारीको तुलनामा सार्वजनिक यातायातमा मानिसको आकर्षण छ । नेपालमा पनि त्यसो गर्न सके जाम कम हुनुका साथै मानिसहरूको आय बचत भई अन्यत्र लगानी हुन सक्छ ।

मोहन अधिकारी
कोटेश्वर काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्