ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एकतले घर बनाउँदै हुनुहुन्छ : यसरी व्यवस्थापन गर्न सकिन्छ खर्च

२०७७ चैत, १३  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found

काठमाडौं । आधारभूत आवश्यकताभित्र पर्ने घर बनाउने सपना आम मानिसले आफ्नो जीवनमा सोचेकै हुन्छन् । खासगरी पछिल्लो समय शहरी जनसंख्या बढ्दै जाँदा काठमाडौंमा घर बनाउनेको संख्यामा पनि बढोत्तरी देखिन्छ । चार कोेठाको एकतले घर भए पनि केही आना जग्गा जोडेपछि बनाउने मनसाय हुने गर्छ । त्यसो भए एकतले घर बनाउँदा कति खर्च लाग्छ भन्ने विषय सम्बद्ध इन्जिनीयर तथा अधिकारीबाट जानकारी लिनु राम्रो मानिन्छ ।

घर एकपटक बनाइने भएकाले ऋणधन गरेरै भए पनि राम्रो बनाउने चाहना सबैमा हुन्छ । तर, त्यसो भएर मात्रै पुग्दैन । घर बनाउन कति बजेट खर्च गर्न सकिन्छ भन्ने कुराको महत्त्व हुँदाहुँदै जग्गाको नक्सा कसरी पास भएको छ, सडकदेखि कति दूरीमा छ, सम्पदा क्षेत्रमा छ÷छैन भन्ने विषयले पनि डिजाइनलाई प्रभाव पार्ने गर्छ । घर बनाउँदा राम्रोसँग बुझेर, भवन इन्जिनीयरसँग परार्मश गरेर मात्रै निर्माण अघि बढाउन सम्बद्ध क्षेत्रका अधिकारी सुझाव दिन्छन् ।

खासगरी शहरी क्षेत्रमा बन्ने आरसीसी भवन तथा ढलान गरी बनाइने घरमा सिमेन्ट, बालुवा, डन्डी, गिटी, इँटाजस्ता निर्माण सामग्री अनिवार्य मानिन्छ । यसका अलावा अन्य विकल्पका रूपमा अहिले प्रि–फ्याब, आल्मुनियमजस्ता निर्माण सामग्रीको अंश बढ्दै गएको छ । तैपनि हाल उपलब्ध निर्माण सामग्रीको प्रयोगबाटै घर बनाउने प्रचलन बढी छ ।

घर निर्माणमा लाग्ने खर्च नक्सा र जग्गाको क्षेत्रफल हेरेपछि यकिनका साथ भन्न सकिने भए पनि सामान्यतया औसतमा न्यूनतम २५ लाखदेखि ३५ लाख रुपैयाँसम्ममा चार कोठाको एकतले घर बनाउन सकिन्छ ।

इन्फ्रा कन्स्ट्रक्शन प्रालिका साइट म्यानेजर कृष्ण श्रेष्ठ निर्माण सामग्रीको अहिलेको मूल्यअनुसार यस्तो खालको घर बनाउँदा सिमेन्टमा ४ लाखसम्म खर्च लाग्ने बताउँछन् । यसैगरी डन्डीको गुणस्तर हेरी करीब लगभग ५ लाखसम्म खर्चिनुपर्ने उनको बुझाइ छ । यस्तै, माथि पिलर उठाएर बनाउने घरको गिटी बालुवामा भने ३ लाखसम्म खर्च हुने उनको भनाइ छ ।

चारकोठे घर बनाउँदा इँटामा ५ लाखसम्म खर्च गर्नुपर्ने इँटा व्यवसायी बताउँछन् । अहिले एक नम्बरी र दुई नम्बरी इँटा प्रयोग हुन्छन् । त्यसमध्ये एक नम्बरी गुणस्तरीय मानिने भएकाले यसमा मूल्य पनि बढी पर्छ । १ नम्बरी इँटाको प्रतिगोटा मूल्य १६ रुपैयाँसम्म पर्छ । यो इँटा प्रयोग गर्दा गुणस्तरीय हुने भएकाले घरका भित्ता तथा वाल बलियो र सुरक्षित हुन्छन् ।

यी त भए मुख्य निर्माण सामग्री । यसका अलावा घर निर्माणको उल्लिखित कुल लगानीमा धारा, बिजुली, रंग, बाथरूम, ठेकेदार ज्याला, पाइप जडान, झ्यालढोकामा पनि उल्लेख्य रकम खर्च हुने गर्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्