ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बालुवामा फसेको जहाज र विश्व व्यापारमा चिन्ता( फोटो फिचर)   

२०७७ चैत, १३  
फोटो फिचर
Image Not Found

चैत १३, कायरो (इजिप्ट) । इजिप्टको स्वेज नहरमा इभरग्रिन नामक मालबाहक जहाज फसेपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा थप वृद्धि हुन सक्ने अनुमान गरिएको छ ।

गत बुधवारदेखि अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ५ प्रतिशतले वृद्धि भएको बीबीसीले बताएको छ । उक्त जहाजका कारण केहिदिन यतादेखि अन्य मालवाहक जहाजको आवतजावत पनि ठप्प भएको छ ।

नहरको बालुवामा फसेको सो जहाज निकाल्ने काम जारी रहेको बताइएको छ । यो जलमार्गबाट विश्व व्यापारको कुल कारोबारको १२ प्रतिशत मालवस्तु ओहोर - दोहोर हुने गरेको छ ।

यसबीचमा इजिप्टले साना जहाजलाई नहरको पुरानो मार्ग खुला गरेर आवतजावत गर्ने व्यवस्था मिलाएको छ । ४०० मिटर लम्बाई र ५९ मिटर चौडाई भएको उक्त विशाल जहाजलाई निकाल्न कैयौं दिन लाग्न सक्ने अनुमान गरिएको छ ।

पनामामा दर्ता भएको उक्त जहाज चीनबाट नेदरल्यान्ड जानेक्रममा स्थानीय समयानुसार गत मंगलवार बिहान ७ : ४० बजे स्वेज बन्दरगाहमा फसेको थियो । उक्त जहाज निकाल्न केहि दिन यतादेखि अनेकन प्रयासहरु भइरहेका छन् तर सफल हुन सकेको छैन ।

कतिपय विज्ञहरुले  त जति जहाज निकाल्न ढिला गर्‍यो त्यति नै रुपले विश्व बजारमा नकारात्मक असर पर्दै जाने भनी चिन्ता व्यक्त गरेका छन् ।

मालबाहक जहाज फसेपछि सोही बाटो भएर आवतजावत गर्ने कम्तिमा ४० ओटा मालबाहक जहाज र २४ ओटा पेट्रोलियम ट्यांकर जलमार्ग खुल्ने प्रतिक्षामा लाइनमा लागेका छन् ।

ती जहाजमा अन्नपात, सिमेन्ट, खाद्यासामग्री, पेट्रोलियम पदार्थ रहेको रोयटर्सले आफ्नो वेबसाइटमा समाचार छापेको छ । विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानीको बाटो स्वेज नहरमा जहाज अड्किएर बाटो ठप्प भएको खबर सार्वजनिक पछि विश्व व्यापार यतिखेर तरंगित भएको छ । विश्व व्यापार तंरगित भएको मात्र छैन, खासगरी यूरोप र एशियाली मुलुकबाट विभिन्न खाले चिन्ता र चासो प्रकट गर्न थालिएको छ ।

तस्वीरमा हेरौं, जहाजको ताजा अवस्था र हालसम्म गरिएका प्रयासहरु ।  

 

 

समाचार स्रोत :  एपी, रोयटर्स, बीबीसी/  तस्वीरहरु : सीएनवीसी  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्