ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१४ अर्बको मध्यभोटेकोसी स्वदेशी लगानीमा

२०७७ चैत, १८  
१० वर्ष अघि
NA

दस वर्षमा विद्युत् उत्पादन १० हजार मेवा पुर्‍याउने राष्ट्रिय लक्ष्यमा मध्यभोटेकोसी पनि प्राथमिकताको परियोजना हो । अहिले यसको छुट्टै कम्पनी दर्ता हुने प्रक्रियामा छ । ‘आगामी दुई हप्ताभित्रै यो दर्ता हुने सम्भावना छ ।’ व्यवस्थापक श्रेष्ठले बताए । ‘कम्पनी दर्ता भएपछि मात्र लाइसेन्स नवीकरण गरिने भएकाले आयोजनाको अन्य काम पनि अघि बढ्न सकेको छैन । तर अहिले मन्त्रालय, विभाग सबैतिरबाट सकारात्मक संकेत आएकाले नवीकरण हुने निश्चत छ,’ श्रेष्ठले भने, ‘लाइसेन्स नवीकरण लामो समयसम्म हुन नसक्दा यसबाट देशलाई ठूलो घाटा लागेको छ । दुई वर्षअघि नवीकरण गरिदिएको भए हामी आयोजनाको धेरै काम सक्थ्यौं ।’

२०६४ असारमा नै यसको लाइसेन्सको म्याद सकिएको थियो । तर अहिले ३ वर्षपछि मात्र यो नवीकरण हुन लागेको छ । अहिले यस परियोजनाको सम्भाव्यता अध्ययनको काम सकिएको छ । सुरुमा यसको क्षमता ८० मेवा अनुमान गरिएकामा पछिलो सम्भाव्यता अध्ययनबाट थप १६ मेवा गरी जम्मा ९६ मेवा विद्युत् उत्पादन हुने देखिएको छ । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अन्तर्गतको टम्र्स अफ रेफरेन्स र स्कोपिङ डकुमेन्टको काम सकिइसकेको छ । ईआइए अध्ययन वातावरण मन्त्रालयबाट स्वीकृति हुने क्रममा रहेको र केही दिनभित्रै यो काम हुने श्रेष्ठ बताउँछन् । यसपछि आयोजनाको निर्माण कार्य सुरु हुने उनले जानकारी दिए । निर्माण सुरु गरिएको बढीमा साढे ३ वर्षभित्र आयोजना सम्पन्न हुने बताइएको छ ।

अंक  ४०, २०६७, जेठ २४–३०

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्