ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनसीसी बैंकको ९.५० % ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

२०७७ चैत, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत १८, काठमाडौं । चैत १३ गतेदेखि विक्री खुला भएको नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको ऋणपत्रमा आवेदन दिने आज (बुधवार) अन्तिम दिन रहेको छ । 

कम्पनीले १० वर्षे अवधिको ९ दशमलव ५० प्रतिशत ब्याजदर रहेको ३० लाख कित्ता ऋणपत्र विक्री गरेको हो । कम्पनीले उक्त ऋणपत्रको नाम ‘९ दशमलव ५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’ दिएको छ । 

प्रतिऋणपत्र रू. १ हजार मूल्यको कुल कित्तामध्ये ११ लाख ४० हजार कित्ता मात्र आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो । 

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको १२ लाख कित्तामध्ये ६० लाख कित्ता ऋणपत्र सामूहिक लगानीकोषलाई बाँडफाँट गरिसकेको भने बाँकी १८ लाख कित्ता भने कम्पनी आफैंले विभिन्न व्यक्ति वा संघसंस्थाहरुलाई विक्री गरेको हो ।

आज (बुधवार) बैंकिङ समयसम्म विक्रीमा रहने उक्त ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । 

यो ऋणपत्र विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै एनसीसी बैंकको केन्द्रीय कार्यालय बागवजार, काठमाडौं र सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । 

साथै मेरो शेयर सफ्टवेयरबाट पनि यो ऋणपत्र खरीद गर्न सकिने व्यवस्था छ । इक्रा नेपालले कम्पनीको यो ऋणपत्रलाई मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी एल त्रिपल बी रेटिङ प्रदान गरेको छ ।  

कम्पनीले उक्त ऋणपत्र विक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत माघ १० गते अनुमति पाएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्