ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने समयावधि थप

२०७७ चैत, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत १८, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयरमा आवेदन दिने सममयावधि थप भएको छ । 

कम्पनीले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको १ लाख ३ हजार ७०० कित्ता संस्थापक शेयर चैत ११ गतेदेखि लिलामीमा विक्री खुला गरेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक बैंक तथा वित्तिय संस्था तथा बीमा कम्पनीहरुले चैत १९ गतेसम्म बोलपत्र पेश गर्न सक्ने व्यवस्था रहेकोमा कम्पनीले समयावधि बढाएर चैत २६ गतेसम्म कायम गरेको जानकारी दिएको छ  । 

उक्त शेयरको न्यूनतम मूल्य रू. १ हजार ३५० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । 

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथिको लागि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा नेपाल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्