ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महुली लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री गर्दै एनआईसी एशिया बैंक 

२०७७ चैत, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत १८, काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आज (बुधवार) देखि लिलामीमा विक्री खुला गरेको छ ।

कम्पनीले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्तको ५६ लाख २७० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।

उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले वैशाख २१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त शेयरको न्यूनतम मूल्य रू. ७९१ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । 

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्