ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्वदेशी लघुवित्तसँग मर्जरपछि एनआईसी एशिया लघुवित्तको शेयर कारोबार आजदेखि शुरु हुँदै 

२०७७ चैत, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत १८, काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर प्रयोजनका लागि रोक्का रहेको शेयर कारोबार आजदेखि सुचारु हुने भएको छ । यी दुवै कम्पनीले मर्जर पश्चात चैत ८ गतेदेखि एकीकृत कारोबार शुरु गरेका हुन् । 

मंगलवार मर्जर पश्चात कायम २५ लाख ९४ हजार ४०० कित्ता एनआईसी एशिया लघुवित्तले नेप्सेमा सूचीकृत गराएसँगै बुधवारदेखि कारोबार शुरु हुन लागेको हो । एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त १ बराबर शून्य दशमलव ९४ को अनुपातमा शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन् ।

बुधवारदेखि एनआईसी एशिया लघुवित्तको साविककै स्टक संकेत एनआईसिएलबिएसएल (NICLBSL) बाट शेयर कारोबार शुरु हुनेछ । नेप्सेले मर्जर पछिको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ७६५ दशमलव १२ को मूल्यरेञ्ज प्रदान गरेको छ । मर्जरपश्चात एनआईसी एशिया लघुवित्तको सूचीकृत शेयर संख्या १ करोड ७३ लाख ९४ हजार ४०० कित्ता पुगेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्