ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सारथी नेपाल र सूर्योदय लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

२०७७ चैत, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत १८, काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (बुधवार) अन्तिम दिन रहेको छ । 

यी दुवै कम्पनीले प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आव्हान गरिसकेका छन् । सारथी नेपाल लघुवित्तले वैशाख ३ गते र सूर्योदय लघुवित्तले चैत ३१ गते वार्षिक साधारण सभा बोलाएका हुन् । 

उक्त सभा प्रयोजनका लागि दुवै कम्पनीले चैत १९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउने भएका हुन् । 

सारथी नेपाल लघुवित्तले ८ दशमलव ५६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले यस वर्ष ८ दशमलव १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रकृया सम्पन्न गरेको यस कम्पनीले नयाँ नेपाल लघुवित्तको गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा उक्त लाभांश दिने निर्णय गरेको हो ।  मर्जर पश्चात हाल कम्पनीको चुक्तापूँजी रू. २३ करोड ५३ लाख ८६ हजार रहेको छ । कम्पनीले सर्वसाधारणका लागि एफपीओ जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । 

त्यस्तै, सूर्योदय लघुवित्तले १५ दशमलव ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव चैत ३१ गते पारित गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २१ करोड ५० लाख ४२ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्