ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ज्योति लाईफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

२०७७ चैत, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत १८, काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । मंगलवार कम्पनी र एनआईसी एशिया क्यापिटल बीच शेयर नियुक्त गर्ने सम्बन्धी सम्झौता भएको हो । 

अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसरी रोक्का राख्ने लगायतका कार्यहरु एनआईसी एशिया क्यापिटलबाट हुनेछ । कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । 

जसमध्ये ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि ३ लाख ३० हजार कित्ता कर्मचारीको लागि र ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको थियो । 

उक्त आईपीओमा १८ लाख ४२ हजार ४८० जनाको आवेदन परेको थियो । जसमयध्ये ४४ हजार ६४५ जनाको आवेदन रद्ध भएको थियो । ५ लाख ९४ हजार जना आवेदकले १० कित्ता दरले शेयर पाएका थिए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्