ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बुधवार पहिलो घण्टामा १.२८ % ले बढ्यो नेप्से (१२ बजेको अपडेट)

२०७७ चैत, १८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत १८, काठमाडौं । बुधवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ३३ दशमलव शून्य ८ अंकले बढेको छ ।    

२ हजार ५९६ दशमलव ६६ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १ दशमलव २८ प्रतिशतले बढेर २ हजार ६०८ दशमलव ७५ विन्दुमा पुगेको छ ।

पहिलो घण्टाको अवधिमा १७२ ओटा कम्पनीको १२ हजार ७३९ पटकको कारोबारमा १६ लाख ९३ हजार ७१८ कित्ता शेयरको रू. ९३ करोड ९५ लाख १ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा अजोड इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य रू. ९३८ कायम भएको छ । 

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये अन्य र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १५ करोड २३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ९१५ मा कारोबार भइरहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्