चैत १८, काठमाडौं । नेपाली बजारमा बुधवार पनि सुन तथा चाँदीको मूल्य घटेको छ । स्थानिय बजारमा अघिल्लो कारोबारको दिन रू. ५०० ले ओरालो लागेको सुनको मूल्य बुधवार रू. ४०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ८५ हजार ६०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८६ हजारमा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ४०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८५ हजार १५० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ८५ हजार ५५० मा कारोबार भएको थियो ।
यस्तै, बुधवार चाँदीको मूल्य पनि घटेको छ । मंगलवार प्रतितोला रू. एक हजार २१५ मा कारोबार भएको चाँदी बुधवार प्रतितोला रू. एक हजार १९५ मा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य रू. २० ले घटेको हो ।