ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भारतका १३० ओटा शहरमा फ्रेन्चाइज रेष्टुरा खोल्ने तयारीमा केएफसी

२०७७ चैत, १८  
अन्तरराष्ट्रिय
Image Not Found

चैत १८, नयाँदिल्ली ।  अमेरिकी फूड कम्पनी केएफसीले कोरोना महामारीका बीच भारतका विभिन्न शहरमा थप रेष्टुरा विस्तार गर्ने तयारी गरिरहेको छ । 

अमेरिकी फ्रेन्चाइज कम्पनी केएफसी इन्डियाले कोरोना महामारीकै बीच भारतको अलग - अलग शहरमा ३० ओटा रेष्टुरा स्थापना गरिएको बताएको छ । कम्पनीले यो वर्ष पनि विभिन्न शहरमा बजार विस्तारको क्रममा थप आउटलेटहरु खोल्ने तयारी गरिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

केएफसी इन्डियाका प्रबन्ध निर्देशक समीर मेननले कम्पनीबो ब्रान्ड विस्तार गर्ने उद्धेष्य अनुरुप ग्राहकका लागि अनलाइन तथा अफलाइन आउटलेटहरु थप गर्न लागिएको बताएका छन् ।

कम्पनीले कोरोना महामारी पूर्व भारतका केएफसीको चेन रेष्टुराको संख्या ४५० ओटा रहेकोमा ३० ओटा फ्रेन्चाइज रेष्टुरा थप गरिएको बताएको छ । कम्पनीले यो वर्ष थप १३० ओटा शहरमा केएफसी फ्रेन्चाइज रेष्टुराहरु खोल्ने योजना रहेको पनि बताएको छ । एजेन्सीहरु

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्