ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१.३५% ले बढेको बजारमा अपर तामाकोशी हाइड्रोको सर्वाधिक कारोबार (१ बजेको अपडेट)

२०७७ चैत, १८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत १८, काठमाडौं । बुधवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ३४ दशमलव ७१ अंकले बढेर २ हजार ६१० दशमलव ३७ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक १ दशमलव ३५ प्रतिशतले बढेको हो ।  

दोस्रो घण्टाको अवधिमा १९२ ओटा कम्पनीकोे रू. १ अर्ब २३ करोड ९७ लाख ८३ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार समूहको परिसूचक स्थिर रहेको छ । म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव १ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १५ करोड ४३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ९१७ मा कारोबार भइरहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्