ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आईपीओ जारी गर्ने गरी एनआरएन डेभलपमेण्ट फण्ड दर्ता 

२०७७ चैत, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत १८, काठमाडौं । आम सर्वसाधारणमा आईपीओ समेत जारी गर्ने गरी गैरआवासीय नेपाल संघ (एनआरएनए) ले एनआरएन डेभलपमेण्ट फण्ड नामक कम्पनी दर्ता गरेको छ । 

कम्पनी रजिष्ट्रार कार्यालयमा चैत १७ गते उक्त फण्ड दर्ता गरेको जानकारी गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् । 

सरकारको ५ प्रतिशत लगानी रहेको यस कम्पनीमा रू. २ अर्बको प्रतिबद्धता प्राप्त भइसकेको र सो प्रतिवद्धता यसै हप्ताबाट प्राप्त हुन शुरु गर्ने समेत अध्यक्ष पन्तको भनाइ छ । 

यस कम्पनीले रू. १० अर्ब बराबरको कोष बनाई नपालको उद्यम व्यवसाय र पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्य लिएको पन्तले बताएका छन् । ८५ प्रतिशत लगानीका लागि गैरआवासिय नेपालीलाई लक्षित गरी प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने योजना सहित अघि बढेको बताउँदै अध्यक्ष पन्तले यस आईपीओमा दशौं लाख नेपाली सहभागी हुने अपेक्षा गरेका छन् । 

संसारभर छरिएर रहेका श्रमिक, व्यवसायी, पेसाकर्मी सबैले नेपालको विकास र समृद्धिमा सकेको लगानी गरी आर्थिक लाभा समेत उठाउन पाउने जानकारी पन्तले दिएका छन् ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्