ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिंगटी हाइड्रो इनर्जीको आईपीओ बाँडफाँट आगामी शुक्रवार हुँदै

२०७७ चैत, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

 चैत १८, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको आईपीओको बाँडफाँट आगामी साता अर्थात् चैत २७ गते शुक्रवार बाँडफाँट हुने भएको छ ।

केहि प्राविधिक समस्या नआएमा बुधवार प्रि- अलोटमेण्ट गरेर शुक्रवारसम्म बाँडफाँट गर्ने तयारी गरेको मेगा क्यापिटलले बताएको छ ।

 कम्पनीले चैत ६ गते देखि १० गतेसम्म सर्वसाधारणको लागि २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ५८ हजार कित्ता कर्मचारीको लागि र १ लाख ४५ हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि बाँडफाँट गरी बाँकी रहेको २६ लाख ९७ हजार कित्ता आइपीओ सर्वसाधारणको लागि  निष्कासन गरेको थियो । 

कम्पनीले निष्कासन गरेको आईपीओमा १६ लाख २४ हजार ४८३ जना आवेदकबाट २ करोड ४५ लाख १६ हजार ६०० कित्ताको लागि आवेदन परेको छ । यो आवेदन मागभन्दा ९ दशमलव शून्य ९ गुणा बढी हो । 

 कम्पनीले गत फागुन १७ गते आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको १४ लाख ५० हजार कित्ता साधारण शेयर बाँडफाँट गरिसकेको छ । सर्वसाधारणलाई आईपीओ निष्कासन गरेपछि कम्पनीको पूँजी रू. १ अर्ब ४५करोड पुग्नेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्