ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आगामी आवमा नेपालको कुल गार्हस्थ्य उत्पादन २.७ % ले वृद्धि हुने प्रक्षेपण        

२०७७ चैत, १८  
समाचार
Image Not Found

चैत १८, काठमाडौं । विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन ( जीडीपी) २ दशमलव ७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जीडीपी बढ्ने प्रक्षेपण गरेको हो ।     
     
 दक्षिण एशियाको अर्थतन्त्रबारे बैंकले बुधवार जारी गरेको अर्धवार्षिक क्षेत्रीय प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२१÷२२ मा बङ्गलादेशको कुल गार्हस्थ्य उत्पादन ३ दशमलव ६ प्रतिशतले, भारतको १० प्रतिशतले र पाकिस्तानको आर्थिक वृद्धि १ दशमलव ३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

“आगामी वर्ष दक्षिण एशियाको आर्थिक वृद्धिमा सुधार हुने सम्भावना छ र यस क्षेत्रको अर्थतन्त्र पुनरुत्थानको मार्गमा आउनेछ”, प्रतिवेदनमा भनिएको छ ।     
     
 कोभिड–१९ का कारण धेरै व्यवसाय प्रभावित भएका, राजस्व सङ्कलनमा कमी आएको तथा लाखौं बेरोजगार भएको उल्लेख गर्दै प्रतिवेदनमा रोजगारीका अवसर अझै प्रभावित हुने, आम्दानी घट्ने र असमानता बढ्दै जाने उल्लेख छ ।   रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्