चैत १८, काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा खरीद माग उच्च रहेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमा १७ लाख ४३ हजार ४५३ कित्ता शेयरको खरीद माग रहेको छ भने विक्रेता शून्य छन् । कम्पनीको शेयर मूल्य रू. ७८० मा खुला भएको थियो ।
यो समचार तयार पार्दासम्म ३ दशमलव ९१ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता रू. ७९५ पुगेको हो । कम्पनीको शेयर फ्लोरसिटमा हेर्दा २३९ कित्ता शेयर खरीदविक्री भएको छ ।
स्वदेशी लघुवित्त वित्तीय संस्थाल र एनआइसी एशिया लघुवित्त एक आपसमा मर्जर भएपछि एनआईसी एशिया लघुवित्तको नाममा आजदेखि दोस्रो बजारमा कारोबारमा आएको हो ।
एक आपसमा मर्जर पश्चात पहिलो कारोबारको लागि नेप्सेले रू. ७६५ दशमलव १२ तोेकेको थियो । एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्थासँग एकआपसमा मर्ज भएपछि चैत ८ गतेदेखि एकीकृत कारोबार शुरु गरेका थिए ।