ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भारतसँग पुन : व्यापार खोल्ने तयारी गर्दै पाकिस्तान

२०७७ चैत, १८  
अन्तरराष्ट्रिय
Image Not Found

चैत १८, इस्लामाबाद । भारतसँग बढ्दो द्वन्द्व कम गर्ने उद्धेष्यले पाकिस्तानी क्याबिनेटले व्यापार पुन : खोल्ने प्रस्तवालाई स्वीकृत गरेको छ ।

आर्थिक मामिलासँग सम्वन्धित विषयमा पाकिस्तानी प्रधानमन्त्रि इमरान खानको क्याबिनेटले भारतसँग व्यापार गर्न मन्जुरि दिएको हो । अव पाकिस्तानले  भारतबाट जुन २०२१ सम्मा कपास आयात गर्ने छ । त्यसो त लगत्तै उसले भारतबाट चीनी आयात पनि गर्ने योजना बनाइरहेको छ ।

आर्थिक संयोजन समितिले बुधवार त्यहाँको क्याबिनेटलाई भारतसँग अविलम्ब व्यापार खोल्न आवश्यक विषय बारे विस्तृत योजना प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदन अनुसार पाकिस्तानले आधिकारीक रुपमा पहिलो चरणमा व्यापार गर्ने मनसाय स्वरुप भारतबाट कपास आयात गर्ने फैसला गरेको हो । 

भारत र पाकिस्तान बीच आपासी सम्बन्धलाई  लिएर १९ महीनादेखि व्यापार लगभग बन्द अवस्थामा रहेको छ ।सन् २०१९ को अगस्तदेखि भातरले जम्मू कस्मिरमा धारा ३७० हटाएपछि पाकिस्तान भारतसँग रुष्ट रहेको छ ।

सोही विरोध स्वरुप पाकिस्तानले भारतसँग व्यापारिक कारोबार बन्द गरेको थियो । उता भारतले पनि पुलवामा हमला पछि पाकिस्तानबाट आउने सवै मालवस्तुमा २०० प्रतिशत कर वृद्धि गरेको थियो ।  एजेन्सीहरु

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्