ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महिला लघुवित्तसहित ४ ओटा कम्पनीको शेयर मूल्य ९ % भन्दा बढीका दरले वृद्धि

२०७७ चैत, १८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत १८, काठमाडौं । महिला लघुवित्त कम्पनीसहित चार ओटा कम्पनीको शेयर मूल्य  बुधवार ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ ।  

योदिन सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९७ प्रतिशत, अजोड इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशत, वोमी लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९६ प्रतिशत र सानिमा जनरल इन्स्योरेन्स कम्पनीको ९ दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या आएपछि केहि बेर कारोबारमा अवरोध आएको थियो ।

ती चार ओटा कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता अत्याधिक भएकाले शेयर मूल्य बढेको हो । यसदिन महिला लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. ६६२,अजोड इन्स्योरेन्सको रू. ९३८, वोमी लघुवित्तको रू. १ हजार २४७ र सानिमा जनरल इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता रू.७७६ पुगेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्