ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

किसान लघुवित्तद्वारा एफपीओ निष्काशन गर्न विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

२०७७ चैत, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत १८, काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था (साविकको एनआरएन) ले थप सार्वजनिक निष्काशन एफपीओ मार्फत १२ लाख ९८ हजार २५९ कित्ता शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त धितोपत्र निष्काशन सम्बन्धी सम्झौता-पत्रमा बुधवार किसान लघुवित्त वित्तीय संस्थाकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वजजोशीले हस्ताक्षर गरेका छन् । 

कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ, जारी पूँजी ५२ करोड २६ लाख रुपैयाँ र चुक्तापूँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ भने सर्वसाधारणहरुलाई एफपीओ मार्फत शेयर जारी गरे पश्चात कम्पनीको चुक्तापूँजी ५२ करोड २६ लाख रुपैयाँ हुनेछ । 

विसं २०७५ साल फाल्गुण ३ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको साविक एनआर एन लघुवित्तले विसं २०७५ फागुन १६ गतेदेखि वित्तीय कारोबार शुरु गरेको थियो ।

कम्पनीले स्थापनाको छोटो अवधिमै किसान माइक्रोफाइनान्स, रामारोशन, क्रिएटिभ र दिव्य लघुवित्तलाई मर्ज गरि ४६  ओटा जिल्लामा कार्यक्षेत्र विस्तार गरिसकेको छ ।  

हाल १३६ ओटा शाखाबाट ११ हजार ५७८ ग्राहक सदस्यहरुलाई सेवा दिइरहेको भन्दै कम्पनीले हालसम्म १ अर्ब ७ करोड २५ लाख रुपैयाँ  र ५ अर्ब ३७ करोड रुपैयाँ ऋण लगानी गरेको बताएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्