ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेप्से १.६८%  बढेर २६१९.०२ विन्दुमा, ६ अर्ब १६ करोडभन्दा बढीको शेयर खरीदविक्री

२०७७ चैत, १८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत १८, काठमाडौं । बुधवार  नेप्से परिसूचक कारोबार अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ६८ प्रतिशतले वृद्धि भएर २ हजार ६१९ दशमलव ०२ विन्दुमा पुगेको छ ।

 यसदिन कारोबारमा आएका २०९ओटा कम्पनीको १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता शेयरको ६७ हजार १४८ पटकमा रू. ६ अर्ब १६ करोड ६८ लाख ६१ हजार ५३८ बरावरको शेयर खरीदविक्री भएको छ । 

कारोबारमा आएका १३ ओटा समूहमध्ये व्यापार समूह बाहेक सबै समूहको परिसूचक बढेसँगै सम्रग नेप्से परिसूचक बढेको हो । व्यापार समूहको परिसूचक २ दशमल २७ प्रतिशतले घटेको छ । 

सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक २ दशमलव ६२ प्रतिशत, बैंकिङ समूहको परिसूचक २ दशमलव ३१ प्रतिशत, होटल एण्ड टुरिजमको १ दशमलव ७६ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ६८ प्रतिशत,जलविद्युत् समूहको १ दशमलव ३९ प्रतिशत, वित्त समूहको शून्य दशमलव ८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ५८ प्रतिशत, अन्य समूहको १ दशमलव ३३ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ५७ प्रतिशत वृद्धि भएको छ ।

त्यसैगरी जीवन बीमा समूहको परिसूचक शून्य दशमलव ९८ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ८९ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव ७२ प्रतिशतले वृद्धि भएको हो । 

सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै दोस्रोमा अजोड इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशतले वृद्धि भएको  छ ।

बुधवार सर्वाधिक कारोबार एचआइडिसीएलको रू. ३६ करोड ३७ लाख ५३ हजार बराबरको शेयर खरीद विक्री भएको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४७० पुगेको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । 

दोस्रोमा अपर तामाकोशी हाइड्रोपावरको रू. ३१ करोड ९७ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

यसदिन रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयर मूल्य ३ दशमलव २९ प्रतिशतले घटेर रू. ३८२ मा झरेको छ । केहि समय अगाडिको करेक्सन पछि बजारले पुन : नयाँ उचाईको शुरुवात गरेको देखिएको छ ।

वैशाख महीना लागेपछि सूचीकृत कम्पनीहरुले आफ्नौ तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्छन् । यसले गर्दा पनि बजार बुलिस ट्रेण्डमा जान सक्ने अनुमान लगानीकर्ताले गरेका छन् । बुधवार नेप्सेको कारोबार व्यवस्थापन प्रणाली(टिएमएस) मा प्राविधिक समस्या आएपछि बजार ४ बजेसम्म खुलेको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्