ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अन्तरराष्ट्रिय भुक्तानीका लागि बैंक अफ काठमाण्डूको ई–कम डलर कार्ड सेवा शुरु

२०७७ चैत, १८  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

चैत १८, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरुलाई अन्तरराष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘बीओके ई–कम यूएसडी’ प्रिपेड कार्ड सेवा शुरु गरेको छ ।

यस सुविधाअन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकहरुले प्रतिवर्ष ५०० अमोरिकी डलरसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

यो सेवा भारतबाहेक अन्य देशहरुको ई–कमर्स साइटहरुबाट एक पटक वा पटक पटक गरी ५०० अमोरिकी डलरसम्मको वस्तु वा सेवाबापत अनलाइन भुक्तानी गर्न सक्नेछन् । 

इच्छुक ग्राहकहरुले नजिकको शाखामा आफ्नो प्यान कार्डसहित निवेदन उपलब्ध गराई यो सुविधा उपभोग गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फ ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्