ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विद्युतीय सवारी साधन बनाउन १० अर्ब डलर खर्चदै साओमी 

२०७७ चैत, १८  
अन्तरराष्ट्रिय
Image Not Found
साओमीको चीनस्थित प्रधानकार्यालय

चैत १८, पेचिङ (चीन) । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले विद्युतीय सवारी साधन निर्माणमा हात हालेको छ ।

यसका लागि कम्पनीले आगामी १० वर्षमा १० अर्ब डलर खर्च गर्दैछ । कम्पनीको उद्देश्य स्तरीय स्मार्ट विद्युतीय सवारी साधन बनाउनु रहेको एक विज्ञप्तिमा साओमीले भनेको छ ।

डेटा कम्पनी क्यानलिसका अनुसार साओमी एप्पल र सामसुङ पछि विश्वको तेस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी हो । पछिल्लो पहलसँगै कम्पनी प्रतिस्पर्धा  चर्को रहेको विद्युतीय कार बजारमा प्रवेश गर्दैछ ।

यस होडमा साओमीका एप्पल र हुवावेई लगायत प्रतिस्पर्धीहरु पनि छन् । साओमीले करीब १ अर्ब ५० करोड डलरको प्रारम्भिक लगानीमा पूर्ण स्वामित्वको सहायक कम्पनी खोल्दैछ ।

यसको नेतृत्व कम्पनीकै प्रमुख कार्यकारी लिइ चुन रहनेछन् । कम्पनीका सबै साझेदारहरुसँग अनेक चरणमा वार्तापछि यो निर्णय गरिएको लिइको भनाइ छ । यो आफ्नो जीवनै अन्तिम ठूलो उद्यम परियोजना हुने उनले बताए ।

अहिलेसम्म साओमीले सस्तो वा महँगो कुन बजारलाई लक्षित गरेर कार बनाउने भनेर कुनै पनि संकेत गरेको छैन । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्