ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिटिजन्स बैंकद्वारा यूएसडी ई–कम कार्डको शुरुवात

२०७७ चैत, १८  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

चैत १८, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यूएसडी ई–कम कार्डको शुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तरराष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैंकले सो सुविधा प्रदान गर्न लागेको हो ।

यो सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो सिटिजन्स बैंकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकै पटक वा पटकपटक गरी वार्षिक ५०० अमेरिकी डलर बराबरसम्मको रकम कार्डमा लोड गर्न बैंक समक्ष अनुरोध गर्न सकिनेछ । 

यूएसडी ई–कम कार्ड प्रयोग गर्न चाहने ग्राहकहरुले आफ्नो खातामा ग्राहक पहिचान विवरण अद्यावधिक गरेको एवं प्यान कार्ड लिएको हुनु पर्नेछ ।

यस अन्तर्गत ग्राहकहरुले नेपाल र भारत बाहेकका देशहरुबाट अनलाइनमार्फत वस्तु तथा सेवा खरीद बापतको भुक्तानी गर्न यो कार्ड प्रयोग गर्न सक्नेछन् । यो कार्ड प्रयोग गरी एटीएमबाट नगद झिक्न तथा पीओएसमार्फत कारोबार गर्न भने पाइने छैन ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्