ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

यसरी सुध्रियो लुम्बिनी बैंक

२०७७ चैत, १९  
१० वर्ष अघि
NA

लुम्बिनी बैंकमाथि लगाएको निक्षेप संकलन, कर्जा प्रवाह, शाखा विस्तार, लाभांश वितरणमा र प्रतिग्राहक कर्जा सीमाको प्रतिबन्ध राष्ट्र बैंकले चार वर्षपछि गत चैतमा फुकुवा ग¥यो । पुँजीकोष अनुपात, नेटवर्थ र जगेडा कोष धेरैले ऋणात्मक र खराब कर्जा अनुपात उच्च रहेकाले बैंक प्रतिबन्धमा परेको थियो । अहिले यीलगायत अन्य प्रमुख आर्थिक सूचकांकहरूमा समेत राम्रो सुधार आएकाले प्रतिबन्ध फुकुवा गरेको हो ।

बैंकको खराब कर्जा अत्यधिक हुँदा यसको प्रभाव नेटवर्थ, पुँजी सबैमा पर्‍यो । नाफा आर्जन गर्ने सम्पत्ति कम भयो । खराब कर्जा धेरै हुँदा हर्जाना व्यवस्था बढाउनप¥यो । यसले पुँजीकोषमा नकारात्मक असर पर्न गयो । बैंकको नेटवर्थ ऋणात्मक भयो । सम्पत्ति, वित्तीय सूचकांक सुधार गर्नु बैंक व्यवस्थापनको लक्ष्य रहे पनि थुप्रै चुनौतीहरू थिए । यसमा बैंकका आफ्नै प्रवद्र्धकहरूले लिएको कर्जा उठाउनु व्यवस्थापनका लागि सबैभन्दा ठूलो चुनौती थियो ।

लुम्बिनी बैंकको सुधार एउटा बैंकको पुनर्जीवनको कथामात्र नभएर सम्पूर्ण नेपाली वित्तीय क्षेत्रको लागि एउटा उदाहरण हो । किनकि, हामी आफ्नै आन्तरिक पेसागत क्षमता र प्रयासबाट यो उपलब्धि हासिल गर्न सफल भएका छौं । यो उपलब्धिका लागि बैंकले सबैभन्दा पहिलो त राष्ट्र बैंकको सम्पूर्ण नीति, निर्देशन, प्रावधान आदि शतप्रतिशत पालना गरेर काम ग¥यो । योसँगै बैंक संस्थागत सुशसनलाई अझ धेरै बलियो बनाउनमा केन्द्रित भयो । यसले गर्दा हरेकपटक राष्ट्र बैंकबाट निरीक्षणका लागि आउँदा वित्तीय स्वस्थ्यका अगाडिको भन्दा सुदृढ हुँदै गएको थियो ।

अंक ४०, २०६७, जेठ २४–३०

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्