ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हुन्डाईको नयाँ वर्ष योजना सार्वजनिक

२०७७ चैत, १९  
बजार
NA

काठमाडौं (अस) । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ योजना सार्वजनिक गरेको छ ।  

योजनाअन्तर्गत हुन्डाईका कुनै पनि गाडी खरिदमा ग्राहकले आकर्षक छुट तथा विशेष सुविधा प्राप्त गर्न सक्नेछन् । हरेक खरिदमा ग्राहकले नगद छुट, स्क्र्याच कार्डमार्फत २०,००० देखि ७८,००० रुपैयाँसम्मको अतिरिक्त छुट, १५,००० बराबरको लोयल्टी बोनस, १,००,००० रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बीमा सुविधा पाउनेछन् । हुन्डाईले आफ्ना सम्पूर्ण गाडीमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षे वारेन्टी सुविधा उपलब्ध गराउँदै आएको छ । हाल कम्पनीले नेपालभर १३ वटा सोरुम तथा १७ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्