काठमाडौं (अस) । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२०’ प्राप्त गरेको छ ।
मानव संसाधन विकासका क्षेत्रमा काम गर्दै आएको कम्पनी ग्रोथ सेलर्सले एचआर मिट २०२१ कार्यक्रममा एनसेललाई अवार्ड प्रदान गरेको हो ।
ग्रोथ सेलर्सले विभिन्न पाँच विधामा प्रदान गरेको एचआर अवार्डमा एनसेलले पाएको यो अवार्ड मुख्य विधाअन्तर्गतको हो । प्रा.डा. सुवास केसी संयोजकत्वको निर्णायक मण्डलले एनसेललाई यो अवार्ड दिने निर्णय गरेका थियो ।
मानव संसाधन नीति, अभ्यास र गरेका कामको सम्मानस्वरूप यो अवार्ड पाउन सफल भएको एनसेलले बताएको छ ।