ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चितवनमा केएफसीको नयाँ आउटलेट

२०७७ चैत, १९  
बजार
NA

काठमाडौं (अस) । बहुराष्ट्रिय कम्पनी केएफसी (केन्टुकी फ्राई चिकेन) चेनले काठमाडौंबाहिर थप एक नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । नेपालमा केएफसीको अधिकृत प्रतिनिधि देवयानी इन्टरनेसनल नेपाल प्रालिले चितवन भरतपुरस्थित चौधरी ग्रुपको सिजी ल्यान्डमार्कमा आउटलेट सञ्चालनमा ल्याएको हो । सिजी ल्यान्डमार्कका अध्यक्ष राजेन्द्र अर्याल र म्यानेजर उज्ज्वल केसीले शाखा उद्घाटन गरे । यसै आर्थिक वर्षभित्र तराईका विभिन्न ठूला सहरमा शाखा विस्तार गर्ने योजना बनाएको केएफसीको यसअघि काठमाडौंबाहिर पोखरामा मात्र आउटलेट थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्