ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिटिजन्स बैंकको ई–कम कार्ड सेवा

२०७७ चैत, १९  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सिटिजन्स बैक इन्टरनेशनलले अमेरिकी डलरमा आधारित ई–कम कार्ड सेवा सुरु गरेको छ । राष्ट्र बंैकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार बैकले यो सुविधा सञ्चालन गर्न लागेको हो ।

यो सुविधाअन्र्तगत ग्राहकले बैंक खातामा रहेको नेपाली रुपैयाँ सटही गरी एकैपटक वा पटक–पटक गरी वार्षिक ५०० डलर बराबरसम्मको रकम कार्डमा लोड गर्न बैंकसमक्ष अनुरोध गर्न सक्नेछन् ।

अमेरिकी डलरमा आधारित ई–कम कार्ड प्रयोग गर्न चाहने ग्राहकले आफ्नो खातामा ग्राहक पहिचान विवरण अद्यावधिक गरेको एवं प्यान कार्ड लिएको हुनुपर्नेछ ।

यसअन्तर्गत ग्राहकले नेपाल र भारतबाहेकका देशबाट अनलाइनमार्फत वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्न यो कार्ड प्रयोग गर्न सक्नेछन् । यो कार्ड प्रयोग गरी एटीएमबाट नगद झिक्न तथा पीओएसमार्फत कारोबार गर्न पाइने छैन ।

हाल बैंकले १६७ शाखा, ११८ एटीएम र १०७ शाखारहित इकाइबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्