ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कुमारी बैंक–उपाय सिटी कार्गो सहकार्य

२०७७ चैत, १९  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । नगदमा आधारित कारोबार र भुक्तानीलाई नगदरहित बनाउने उद्देश्यले कुमारी बैंकले उपाय सिटी कार्गो प्रालिसँग सहकार्य गरेको छ । बैंकको नक्साल शाखामा सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष अमीरप्रताप राणा सहभागी कार्यक्रममा उपाय सिटी कार्गोका अध्यक्ष सुमन रायमाझी, एफवान सफ्ट इन्टरनेसनलका विश्वास ढकाल र यूके एडअन्तर्गतको ‘सीप’ का नेपाल प्रमुख बलजीत बोहरालगायत उपस्थित थिए ।

उपाय सिटी कार्गोसँग आबद्ध पिक–उप ड्राइभर पार्टनरलाई क्यूआर कोड तथा डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गराएर अनौपचारिक ढंगले सञ्चालित ढुवानी व्यवसायलाई व्यवस्थित र भरपर्दो बनाउने  उद्देश्य रहेको दुवै संस्थाले बताएका छन् ।

सहकार्यअन्तर्गत बैंकले उपायका ड्राइभर पार्टनरलाई क्यूआर कोड सुविधाका साथै सहुलियत कर्जा, जीवन बीमा, न्यूनतम डाउनपेमेन्ट र ईएमआई भुक्तानी विकल्पलगायतका सेवा उपलब्ध गराउनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्