ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अजोड इन्स्योरेन्सको सर्वाधिक कारोबारसँगै सर्वाधिक मूल्य वृद्धि

२०७७ चैत, १९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत १९, काठमाडौं । गत चैत १७ गते सोमवारदेखि उच्च दरमा बढेको अजोड इन्स्योरेन्सको शेयरमूल्य बिहीवार पनि उच्च दरमै बढेको छ । 

यस दिन कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ भने सर्वाधिक रकमको कारोबार पनि उक्त कम्पनीकै भएको छ । कारोबारको २० मिनेटको अवधिमा अजोड इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९१ प्रतिशत बढेको हो ।

प्रतिकित्ता रू. ९३ ले बढेर कम्पनीको अन्तिम शेयरमूल्य रू. १ हजार ३१ कायम भएको हो ।

यो समाचार तयार पार्दाको समय ११  :३० बजेसम्ममा नेप्सेमा रू. २९ अर्ब ९४ करोडभन्दा बढीको शेयर कारोबार भएकोमा अजोड इन्स्योरेन्सको सबैभन्दा बढी रकमको कारोबार भएको छ । उक्त कम्पनीको रू. ७ करोड २८ लाख ४१ हजार बराबरको शेयर कारोबार भएको हो ।

कम्पनीले चैत १७ गते मंगलवार ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै वैशाख ७ गतेका लागि तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको छ । 
हकप्रद प्रस्ताव सार्वजनिक हुनुभन्दा अघिल्लो कारोबार दिनदेखिनै कम्पनीको शेयरमूल्यमा अस्वभाविक रुपमा उतारचढाव आएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्