ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बिहीवार एकैदिन तोलामा ९०० ले बढ्यो सुनको मूल्य

२०७७ चैत, १९  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

चैत १९, काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको मूल्य उकालो लागेको छ । स्थानिय बजारमा अघिल्लो दुई कारोबार दिन लगातार घटेको सुनको भाउ बिहीवार एकैदिन रू. ९०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ८६ हजार ५०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८५ हजार ६०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. ९०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८६ हजार ०५० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ८५ हजार १५० मा कारोबार भएको थियो । 

यस्तै, बिहीवार चाँदीको मूल्य पनि बढेको छ । बुधवार प्रतितोला रू. एक हजार १९५ मा कारोबार भएको चाँदी बिहीवार प्रतितोला रू. एक हजार २१० खरीदविक्री भइरहेको छ । बुधवारको तुलनामा बिहीवार चाँदी रू. १५ ले बढेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्