ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेप्सेले फुकुवा गर्‍यो किसान लघुवित्तको शेयर कारोबार  

२०७७ चैत, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत १९, काठमाडौं  । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले किसान लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको छ ।

नेप्सेले कम्पनीलाई आगामी दिनमा यस्ता गल्ती नदोहोर्‍याउने र आन्तरिक व्यवस्थापन चुस्त र दुरुस्त गर्न सचेत गराउँदै कम्पनीको बन्द रहेको शेयर कारोबार बिहीवारदेखि फुकुवा गरेको हो ।

नेप्सेले धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना सार्वजनिक गरेको भन्दै कम्पनीको कारोबार रोक्का गरी स्पष्टिकरण मागेको थियो । 

कम्पनीले  पूँजी कोष प्रर्याप्त नभएका कारण हकप्रद शेयर जारी गर्ने त्यसको लागि सम्बन्धित नियकासँग परामर्श गरेर मात्र अगाडि बढ्ने निर्णय गरेको  र सो दिन विदा परेकाले पारामर्श लिन नसकिएको कारण हकप्रद शेयर  निष्कासनसहितको साधारण सभाको सूचना प्रकाशित भएको बताएको छ । 

कम्पनीले दोस्रो दिन उक्त प्रस्ताव हटाई पुन ः साधारण सभाको प्रकाशन गरेको हो । साथै कम्पनीले सोही दिन सूचना दिन ढिलाई भएको भन्ने सम्बन्धमा नयाँ युजर आईडी लिनुपर्ने भएकाले केही समय ढिला भएको पनि बताएको छ ।

कम्पनीले शेयर कारोबारमा प्रभाव पार्ने गलत मनसाय नभएको र यो सबै मानवीय त्रुटीका कारण भएको पनि उल्लेख गरेको छ ।।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्