ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनआईसी एशिया लघुवित्तको शेयर मूल्य ९.०६ % वृद्धि, खरीद माग उच्च

२०७७ चैत, १९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत १९, काठमाडौं । एनआईसी एशिया लघुवित्तको शेयर मूल्य बिहीवार अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएको छ । 

यो समाचार तयार पार्दाको समय ११ : ५५ बजेसम्ममा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८६७ पुगेको छ ।
 

विक्रेताभन्दा क्रेता धेरै भएकाले कम्पनीको शेयर मूल्य बढेको हो ।  कम्पनीको शेयरमा खरीद माग सबैभन्दा बढी १६ लाख ८९ हजार ८४६ कित्ता अर्डर छ भने विक्री अर्डर भने शून्य रहेको छ । 

स्वदेशी लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया लघुवित्त एक आपसमा मर्जर भएपछि एनआईसी एशिया लघुवित्तको नाममा चैत १८ गतेदेखि दोस्रो बजारमा कारोबार शुरु भएको हो ।

 एकापसमा मर्जर पश्चात पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७६५ दशमलव १२ तोेकेको थियो ।

 एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्थासँग एकआपसमा मर्ज भए पछि एनआईसी एशिया लघुवित्तले गत चैत ८ गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्