ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साताको अन्तिम कारोबार दिन पहिलो घण्टामा ०.४८% बढ्यो नेप्से (१२ बजेको अपडेट)

२०७७ चैत, १९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत १९, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक १२ दशमलव ६३ अंकले बढेको छ ।

२ हजार ६४५ दशमलव ५० विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ४८ प्रतिशतले बढेर २ हजार ६३१ दशमलव ६५ विन्दुमा पुगेको छ ।   

पहिलो घण्टाको अवधिमा २०४ ओटा कम्पनीको १६ हजार ९१० पटकको कारोबारमा २५ लाख ७१ हजार ९४१ कित्ता शेयरको रू. १ अर्ब ५२ करोड ४० लाख ९८ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा किसान लघुवित्त, अजोड इन्स्योरेन्स र एनआईसी एशिया लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, जलविद्युत्, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा  समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १० करोड ८९ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ८८७ मा कारोबार भइरहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्