ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मिर्मिरे लघुवित्तको साधारण सभाले पारित गर्‍यो लाभांशसँगै एफपीओ निष्कासन गर्ने प्रस्ताव 

२०७७ चैत, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत १९, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले १०औं वार्षिक साधारण सभाबाट लाभांश वितरण गर्ने र एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । 

कम्पनीको बुधवार सम्पन्न वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले गत आवको मुनाफाबाट प्रस्तावित ९ दशमलव २० प्रतिशत बोनस शेयर र शून्य दशमलव ४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

साथै, सभाले यसअघि स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति पश्चात संस्थापक र सर्वसाधारण शेयर पूँजीको अनुपात मिलाउनका लागि एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ७ करोड ५१ लाख नाफा कमाएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्