ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

०.४१% ले बढेको बजारमा ५ ओटा कम्पनीको शेयरमूल्य ९ % भन्दा बढीले वृद्धि (१ बजेको अपडेट)

२०७७ चैत, १९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत १९, काठमाडौं । बिहीवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १० दशमलव ७७ अंकले बढेर २ हजार ६२९ दशमलव ७९ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ४१ प्रतिशतले बढेको हो ।

दोस्रो घण्टाको अवधिमा २१० ओटा कम्पनीकोे रू. ३ अर्ब ६ करोड १२ लाख ६५ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा साञ्जेन जलविद्युतको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, किसान लघुवित्त, अजोड इन्स्योरेन्स र एनआईसी एशिया लघुवित्त र वोमी लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  

यस अवधिसम्म अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १८ करोड ६३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ८८३ मा कारोबार भइरहेको छ । 

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र लघुवित्त समूहको परिसूचक बढेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्