ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मुद्रा कोषद्वारा पाकिस्तानका लागि ६ अर्ब डलर स्वीकृत

२०७७ चैत, १९  
अन्तरराष्ट्रिय
Image Not Found

चैत १९, इस्लामाबाद । अन्तरराष्ट्रिय मुद्रा कोषले पाकिस्तानलाई उपलब्ध गराउने भनिएको ६ अर्ब डलर स्वीकृत गरेको छ । 

कोषले कोरोना भाइरस महामारी शुरु भएपछि उक्त रकम रोक्का गरेको थियो । यसै साता कोषले ५० करोड डलर पाकिस्तानलाई उपलब्ध गराएको छ ।     
     
पाकिस्तानमाथि करीब ११४ अर्ब डलर विदेशी ऋणभार छ । यो रकम पाकिस्तानको कुल गार्हस्थ्य उत्पादनको ८५ प्रतिशतभन्दा बढी हो ।     

पाकिस्तानको अर्थतन्त्र पहिल्यैदेखि मन्दीको अवस्थाबाट गुज्रिरहेको छ । कोरोना भाइरसको तेस्रो लहरका कारण देशका विभिन्न स्थानमा आंशिक लकडाउन गर्नु परेकाले अर्थतन्त्रमा थप तनाब अरु बढाएको छ ।  एजेन्सीहरु   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्